logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सोमपाल र सागरको शानदार बलिङमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य

    सोमपाल र सागरको शानदार बलिङमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य

    1.2K
    Shares
    सोमपाल र सागरको शानदार बलिङमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य

    काठमाडौँ । नेपालले पाँचौं तथा अन्तिम टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

    वेस्ट इन्डिजका लागि एलिक आथान्जेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

    कप्तान रोस्टन चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चार्ल्सले २० बलमा २४ रन, म्याथ्यु फोर्डेले १२ बलमा २३ रन बनाए ।

    नेपालका सोमपाल कामीले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

    वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend