logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौँ, सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

    एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौँ, सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

    1.8K
    Shares
    एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौँ, सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा बैठक अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित गरिएको छ ।

    मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज साँझ ५.३० बजे बैठक बोलाइएको थियो ।
    एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौँ हिडेपछि अनिश्चितकाललाई बैठक स्थगित गरिएको बताइएको छ ।

    विश्वासको मत लिने प्रयोजनका लागि हिजो शुक्रबार पनि बैठक बोलाइएको थियो । सत्तारुढ दल नेकपा (एमाले) ले मुख्यमन्त्री सोडारीले सल्लाह बिना नै विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबारको बैठक स्थगित गरिएको थियो ।

    आज दोस्रोपटक बोलाइएको बैठक प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरिएको जनाएको छ । सोडारीलाई विश्वासको मत पाउन निकै सकस भइरहेको छ ।
    मुख्यमन्त्रीको नियुक्त भएको एक महिनाभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ।

    तर सो अवधि नजिकिदै गर्दा पनि विश्वासको मत पाउने आधार भने अझै बनिसकेको छैन । विशेष गरि एमालेका कारण मुख्यमन्त्री सोडारीलाई विश्वासको मत पाउन सकस भइरहेको बताइएको छ । एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन् ।

    बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमनबहादुर भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताउँदै आएको छ ।

    यही वैशाख ६ गते एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend