logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले बिजयी

    वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले बिजयी

    1.5K
    Shares
    वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले बिजयी

    काठमाडौँ । नेपाल पाँचौँ तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटले बिजयी भएको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो ।

    वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो । सिरिज भने वेस्ट इन्डिज ‘ए’ ले ३–२ ले जितेको छ । पहिलो खेल जितेको नेपालले श्रृंखलाको अन्तिम खेल पनि जितेको छ ।

    वेस्ट इन्डिज ‘ए’ ले भने दोस्रो, तेस्रो र चौथो खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो । श्रृंखलाको अन्तिम खेलमा जीत हात पार्न नेपालको लागि आशिफ शेख र अनिल शाहले अर्थशतक पूरा गरेका थिए ।  ओपनर कुशल भुर्तेल १३ रनमा आउट हुँदा आशिफ ५१ र अनिल ५८ रन बनाएर आउट भएका थिए ।

    आशिफ आउट भएर क्रिजमा आएका कशुल मल्लले अविजित ३७ रन बनाएर । त्यस क्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरी ५ रन बनाएर बाहिरिए । दीपेन्द्रको स्थानमा आएका कप्तान रोहित पौडेल विना बलको सामना अविजित रहे । बलिङतर्फ वेस्ट इन्डिज ‘ए’ का अबेड मक्वे एक्लैले ३ विकेट लिए ।

    ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । यस्तै म्याथ्यु फोर्डले एक विकेट लिए । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्ज सर्वाधिक ३५ रनमा अविजित रहे ।

    रोस्टन चेसले ३३ र जोन्सन चार्ल्सले २४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे । बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend