logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो छैन : पूर्वमन्त्री महत

    अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो छैन : पूर्वमन्त्री महत

    624
    Shares
    अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो छैन : पूर्वमन्त्री महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको आयु चाँडै टुंगिने बताएका छन् ।

    विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताए । उनले भने, “यो सरकार अस्थिरता र अविश्वासको जगमा बनेको छ, यसको आयु धेरै लामो छैन, चाँडै टुंगिने छ ।”

    यसैगरी उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने दाबी समेत गरे । लोकतन्त्रप्रति समर्पित कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने उनको भनाई छ ।

    यसैगरी उनले नेपालको राजनीति कांग्रेसको कारणले अन्योलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने तथा समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने भएकाले यसमा बहस चलाउन आवश्यक भएको उनको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend