logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

    585
    Shares
    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । सरकारका प्रवक्ता तथा अर्थमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्रीले आज विश्वासको मत लिने जानकारी दिए ।

    आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

    संविधान अनुसार अधिकारीले वैशाख २४ गतेभन्दा अगाडि विश्वासको मत लिइसक्नु पर्ने छ । उनी चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    संविधानको धारा १६८ (४ं) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    हाल गण्डकीको मन्त्रीपरिषद् ३ सदस्यीय छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अधिकारीसँगै विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।

    अहिले चुमान अर्थमन्त्री बनेका छन् भने मनाङेले भौतिकको जिम्मेवारी पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend