logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनका लागि बन्द

    जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनका लागि बन्द

    468
    Shares
    जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनका लागि बन्द

    जनकपुर । जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ ।

    भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडले शनिबार एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

    त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।

    इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

    ‘मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ -तीन दिनको लागि भंगहा-जनकपुर- जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend