logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

    बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

    442
    Shares
    बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

    बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो ।

    गत बिहीबार दिउँसो बुढीगङ्गा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर खरानीमा परिणत गरेको थियो ।

    आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितहरूले लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend