logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतिकरण तथा पदस्थापना कार्यक्रम सम्पन्न

    रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतिकरण तथा पदस्थापना कार्यक्रम सम्पन्न

    715
    Shares
    रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतिकरण तथा पदस्थापना कार्यक्रम सम्पन्न

    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतिकरण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजले एक कार्यक्रमका बिच क्लक चार्टड प्रस्तुतिकरण गरी डिष्ट्रिककै कान्छो क्लबको रुपमा सम्पूर्ण सदस्यहरुको पदस्थापना गराएका हुन् ।

    रोटरी क्लब अफ काठमाण्डौं जावलाखेल प्रायोजन गरेको क्लबमा बिभिन्न क्षेत्रहरुमा लामो अनुभव संगालेका २३ जना चार्टड सदस्यहरु रहेका छन् । क्लबको नेतृत्व डिष्ट्रिकमा सहायक गभर्नरको रुपमा जिम्मेवारी सम्हालीसकेका हेमा अधिकारीले चार्टड प्रेसिडेन्टको रुपमा गरेका छन भने सचिबमा डा. बुद्धि मल्ल र कोषाध्यक्षमा चिजन पौडेल, प्रेसिडेन्ट ईलेक्टमा कृष्ण प्रसाद अधिकारी, भाईस प्रेसिडेन्टमा बिना पाठक पन्त र मेन्टरमा कृष्ण बहादुर अधिकारी रहेका छन् ।

    कार्यक्रमा पूर्व डिष्ट्रिक गभर्नर जय राज्य लक्ष्मि शाह, चिन्तामणी भट्टराई, राजिब पोख्रेल, डिष्ट्रिक गभर्नर डेजिनेट नोमिनी बिष्णु बहादुर कार्की, सहायक गभर्नर राज भाई सुवाल, क्लबका सल्लाहकार डा. सुवास प्याकुरेल, रोटरी क्लब अफ काठमाण्डौं जावलाखेलका अध्यक्ष डा. बिष्णु राज उप्रेती डिष्ट्रिकका अन्य उच्च पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष रोटरीयन उपेन्द्र पौड्याल एवं दुबै क्लबका बोर्ड सदस्य तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा क्लबमा सदस्यहरुका दम्पत्तीहरुलाई सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend