logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • खानी उत्खनन्‌ले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी

    खानी उत्खनन्‌ले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी

    481
    Shares
    खानी उत्खनन्‌ले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी

    काठमाडौँ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरूको उत्खनन् गरी मुलुकले अधिक लाभ लिन सक्ने बताएका छन् । उनले तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने भएकाले खानीहरूको उत्खनन्‌ गरी मुलुकले अधिक लाभ लिन सक्ने बताएका हुन् ।

    मन्त्री भण्डारीले नेपाल र चीन सरकारबिच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा ड्रिलिङ इन्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको अन्वेषणात्मक (बेल) ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।

    मन्त्री भण्डारीले भने, ‘पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरू पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरूको पूर्ण सम्भावनालाई खोल्न, नवीनता, विज्ञान र प्रविधिको प्रयोग गर्ने सङ्कल्पमा हामी अडिग छौँ ।’ उनले जमिन मुनि रहेको प्राकृतिक स्रोतको सफल उत्खनन्‌ले राष्ट्रको समृद्धिको रेखा कोर्ने बताए ।

    उनले भने, ‘यी स्रोतहरूको अन्वेषणले हाम्रो ऊर्जा सुरक्षालाई बलियो बनाउने मात्र होइन आर्थिक वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि अभूतपूर्व अवसरहरू पनि प्रस्तुत गर्नेछ ।’

    मन्त्री भण्डारीले भौगर्भिक विविधताले भरिपूर्ण नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्व खोज तथा अनुसन्धानले देखाएको बताए । यस्तै उनले नेपालका प्राकृतिक स्रोत र साधनमा आधारित उद्योगको प्रवर्द्धन गर्न सरकार अग्रसर रहेको बताए । उनले आन्तरिक तथा बाह्य लगानीकर्ताका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको बताए । उद्योग, कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

    खानी उत्खनन्‌ले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend