logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजस्वको महानिर्देशकमा बुढा, ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिने तयारी

    राजस्वको महानिर्देशकमा बुढा, ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिने तयारी

    975
    Shares
    राजस्वको महानिर्देशकमा बुढा, ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिने तयारी

    काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारी चक्रबहादुर बुढालाई दिइएको छ । त्यहाँ कार्यरत नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

    कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिने तयारी अनुरुप ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको स्रोतले बतायो । कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतको दाबी छ ।

    गएको असारमा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि ढुंगाना चर्चामा आएका थिए ।

    त्यसअघि ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिव रहेका थिए ।  राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो ।

    ढुंगाना लाई विभाग भन्दा आकर्षक मानिने महावाणिज्यदूत पदमा पठाउन लागिएको स्रोतको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend