logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानी परराष्ट्रमन्त्री योकोद्धारा बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

    जापानी परराष्ट्रमन्त्री योकोद्धारा बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

    728
    Shares
    जापानी परराष्ट्रमन्त्री योकोद्धारा बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

    काठमाडौँ । नेपालको एक दिने भ्रमणका लागि आज आउनु भएकी जापानी परराष्ट्रमन्त्री कामिकावा योकोले काठमाडौँको बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी छन् ।

    उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको आज बिहान नेपाल भ्रमणका लागि आइपुगेकी हुन् ।

    योकोले आज दिउँसो बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेका कालभैरब मन्दिर, कुमारी घर लगायतको अवलोकन गरेकी छन् ।

    यसैगरी उनको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend