logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सवारी साधन न्युनिकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्छ : मन्त्री लम्साल

    सवारी साधन न्युनिकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्छ : मन्त्री लम्साल

    832
    Shares
    सवारी साधन न्युनिकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्छ : मन्त्री लम्साल

    काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सवारी दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले कारबाही गरेर र सरकारले नियम बनाएर मात्रै नहुने बताएका छन् ।

    आईतवार पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंमा आयोजना गरेको दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सवारी साधान न्युनिकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्ने बताए । मन्त्री लम्सालले सरकारले कानून उल्लङ्घन गर्नेलाई कारबाही गर्दैमा सवारी दुर्घटनामा कम हुन नसक्ने दाबी गरे ।उनले सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुन आवश्यक रहेको बताए । उनले सवारी चालकले आफूले पाएको जिम्मेवारी सजगतापूर्ण निर्वाह गनुपर्ने बताए ।

    उनले भने,‘ट्राफिक प्रहरीले सावरी साधन समातेर र सरकारले नियम बनाएर मात्रै सडक दुर्घटना न्युनिकरण हुन सक्दैन । सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुनुपर्छ । सवारी चालक जिम्मेवार हुनुपर्छ । आफूले पाएको जिम्मेवारी सतर्कता पूर्ण निर्वाह गनुपर्छ । सवारी साधनमा हुने दुव्र्यवहार र ट्राफिक प्रहरीको दुव्यवहार पनि व्यवसायीहरुले भन्ने गर्नुभएको छ ।’

    ‘यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरीमा मात्रै छैनन् । सबैतिर समस्या भएकाले यातायात क्षेत्रका समस्या साझा ढङ्गले समाधान गर्नुपर्छ । सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भुमिका यातायात व्यवसायीहरुको हुन्छ’ उनले भने ।

    उनले यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरी र सरकार मिलेर साझा ढङ्गले समाधान गर्न आवश्यक रहेको बताए । उनले सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भुमिका यातायात व्यवसायीहरुको भएको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend