logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कीर्तिपुरमा बस दुर्घटना, एकको मृत्यु, ११ घाईते

    कीर्तिपुरमा बस दुर्घटना, एकको मृत्यु, ११ घाईते

    21.8K
    Shares
    कीर्तिपुरमा बस दुर्घटना, एकको मृत्यु, ११ घाईते

    काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज दिउँसो बा ३ ख २०२७ नम्बरको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    उक्त दुर्घटनामा परि मृत्यु हुनेमा ४२ वर्षीय डा.गोबिन्द रिजाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

     

    उनका अनुसार उक्त दुर्घटनामा परि बैतडी घर भई हाल कीर्तिपुर नगरपालिका बस्ने २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया बिमला श्रेष्ठ, २७ वर्षीय बस चालक रमेश लामा, बाँके नेपालगन्ज उपमहानगरपालिका–१ घर भई हाल कीर्तिपुर पाँगा बस्ने २२ वर्षीया सुस्मा खडका रहेका छन् ।

    यसैगरी उक्त दुर्घटनामा परि बर्दिया गेरुवा गाउँपालिका–३ भई हाल किर्तिपुर हनुमान घाट बस्ने १८ वर्षीय रमित थापा, २० वर्षीय किशोर थापा, झापा दमक–५ का ३५ वर्षीय धुर्ब बुढाथोकी, डडेलधुरा पर्सुराम नगरपालिका– १२ का २६ वर्षीय डम्मर खडका, सोही ठाउँकी २५ वर्षीया चन्दा बोहरा, नबिना खडका, डोटीको केआईसिंह गाउँपालिका–७ क २० वर्षीय गङगाराम भट्ट तथा बाजुरा त्रीबेणी नगरपालिका–२ का २५ वर्षीय नरेशराज न्यौपाने रहेका छन् ।

    घाइतेहरुको काठमाडौँका कीर्तिपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बुल्युक्रस अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । कीर्तिपुर नगरपालिका–१० आयुर्वेद अस्पतालअगाडिको सडक खण्डमा उक्त बस दुर्घटनामा परेको प्रवक्ता अधिकारीले बताए ।

    उनले भने, “कीर्तिपुरमा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको र ११ जना घाईत भएका छन्, घाइतेहरु अधिकांसको खुट्टा, हात, ढाड र टाउँकामा चोट लागेको छ, प्रहरीले घाइतेको उद्धार गरी अस्पतालमा पुर्याएको छ ।”

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend