logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा सत्ता समिकरण परिवर्तन गर्दै हिँड्छन् : लिङदेन

    प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा सत्ता समिकरण परिवर्तन गर्दै हिँड्छन् : लिङदेन

    741
    Shares
    प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा सत्ता समिकरण परिवर्तन गर्दै हिँड्छन् : लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दवावमा सत्ता समिकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।

    पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आईतवार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले कुरा बताएका हुन् ।

    अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाई थियो ।

    अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

    अध्यक्ष लिङदेनले भने, ‘नेपालको निर्णायकत्व नेपालीको हातमा हुनुपर्छ भनेर हामीले गत निर्वाचनमा मुल नारा बनाएका थियौं । यो नारा किन अगाडि सारेका थियौं भन्दाखेरी नेपालको सरकार कसेको हुनु पर्छ, कसको नेतृत्वमा हुनुपर्छ ? चुनावमा पनि कुन पार्टी, कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ ? भन्ने कुरा समेत विदेशीहरुले तय गर्न थाले । अहिले त्यही कुरा भईराखेको छ । विदेशीहरुको दबाब, प्रभावमा भईरहेको प्रधानमन्त्री समिकरण परिवर्तन गरेर हिँड्छ । अहिले देशको स्थिति के छ ? तपाई भोलि बिहान उठ्दाखेरी प्रधानमन्त्री आफैँले समिकरण परिवर्तन गरिसकेको हुन्छ ।’

    ‘उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ । सत्ता मात्रै छ होइन कि सत्ता के, का लागि छ ? भन्दाखेरी एउटा त मिलिजुली बाँकि रहेको देशमा लुटने र अस्ती लुटेको कारबाहीबाट जोगिने । यसबाट जोगिनका लागि उनीहरु जोडिने । यो कहिलेसम्म देशले धान्नसक्छ ? यो अवस्था हामीले कहिलेसम्म हेरेर बस्नसक्छौं ? यो अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ । देशलाई यो अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने इमान्दार राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हा’ उनले भने ।

    अध्यक्ष लिङदेनले आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend