logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्ता स्वार्थका लागि सुरु भयो पार्टी फुटाउने खेल, जसपा, समाजवादी र नागरिक उन्मुक्ति फुटको संघारमा

    सत्ता स्वार्थका लागि सुरु भयो पार्टी फुटाउने खेल, जसपा, समाजवादी र नागरिक उन्मुक्ति फुटको संघारमा

    5.9K
    Shares
    सत्ता स्वार्थका लागि सुरु भयो पार्टी फुटाउने खेल, जसपा, समाजवादी र नागरिक उन्मुक्ति फुटको संघारमा

    काठमाडौँ । पछिल्लो समय सत्ता स्वार्थका लागि साना पार्टी फुटाउने खेल पुनः सुरु भएको छ । सरकार बनाउने र सरकार गिराउने खेलका विभिन्न साना राजनितिक दलहरु फुट्ने र जुट्ने क्रम भित्रभित्रै फेरी सुरु भएको राजनितिक विष्लेषकहरु बताउछन् ।

    राजनितिक विष्लेषकहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत सामाजवादी) पार्टी एवं नागरिक उन्मुक्ति पार्टी करिव करिव विभाजनको संघारमा पुगेका छन् ।

    यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन करिब करिब अन्तिम चरणमा पुगेको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन गर्ने तयारी भएको छ । जसअनुसार आज आइतबार काठमाडौँमा उनीहरुले छुट्टै भेलाको आयोजना गरेको जसपा स्रोतले बतायो ।

    आजको भेलामा वरिष्ठ नेता अशोक राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत नेताहरु सहभागी भएका स्रोतको दाबी छ । स्रोतका अनुसार नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको र नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिने भएको छ । अमेरिकाको भ्रमणमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend