logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जेठ १ गतेका लागि पेशी तोकियो

    क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जेठ १ गतेका लागि पेशी तोकियो

    2.2K
    Shares
    क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जेठ १ गतेका लागि पेशी तोकियो

    काठमाडौँ । चर्चित क्रिकेटर सन्दीप लामिछाने प्रतिवादि भएको मुद्दामा आउँदो जेठ १ गतेका लागि पेशी तोकिएको छ ।

    आइतबार लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

    आजलाई उक्त मुद्दा हेर्न नमिल्ने सूचिमा परेसँगै आउँदो जेठ १ गतेका लागि पेशी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए ।

    उनले भने, ‘सन्दिप लामिछाने प्रतिवादि भएको मुद्दा जेठ १ गतेका लागि पेशीमा गएको छ, आज विपक्षि झिकाउन आदेश भएकै इजलासमा परेकाले हेर्न मिलेन ।’

    यसअघि गत आइतबार अदालतले आज आइतबार पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर ८ वर्षको जेल सजाय सुनाएको थियो ।

    जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend