logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’ मा, सोमबार सुनुवाइ हुने

    सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’ मा, सोमबार सुनुवाइ हुने

    689
    Shares
    सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’ मा, सोमबार सुनुवाइ हुने

    काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार सुनुवाइ हुने भएको छ ।

    न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आज अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आज बयान लिने क्रम नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । अदालतले अनलाइनका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेलसँग बयान लिइसकेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको जनाउँदै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।

    अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गरेका थिए ।

    सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend