logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

    अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

    910
    Shares
    अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौँ । अफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    हेरात प्रान्तमा विगत दुई दिनमा भारी वर्षा र बाढीका कारण सात जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक मुसा अशहरीले पुष्टि गर्नुभयो । त्यस्तै वर्षा र बाढीले हेरातको छिमेकी फराह प्रान्तमा एक र घोर प्रान्तमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    देशको उत्तरी क्षेत्रहरूमा, मुसलधारे वर्षा र अचानक बाढीले पनि जाज्जान प्रान्तमा दुई जना र सारी पुल प्रान्तमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    भारी वर्षा र बाढीका कारण जाज्जानमा एक पुरुष र एक बालकको ज्यान गएको र एक महिला घाइते भएको विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक सैयद सफतुल्लाह सफवानले बताए ।

    अप्रिल महिनामा अफगानिस्तानमा आँधी र बाढीका कारण ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने अन्य ५० जना घाइते भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend