
काठमाडौँ । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend