मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख रुपैयाँ

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख रुपैयाँ

जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।

आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले ८० लाख रुपैयाँ लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए ।

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको उनले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend