logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा आधिकारिक रुपमा सुरु भयो ‘इन्ड्राइभ’ सेवा

    नेपालमा आधिकारिक रुपमा सुरु भयो ‘इन्ड्राइभ’ सेवा

    1.2K
    Shares
    नेपालमा आधिकारिक रुपमा सुरु भयो ‘इन्ड्राइभ’ सेवा

    काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ ले आजबाट आधिकारिक रुपमा नेपालमा आफ्नो सेवा सुरु गरेको छ ।

    आज काठमाडौँमा आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन । उनले भनिन्, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ ।”

    उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन । उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन । कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

    इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुरमा उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।

    इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवितनन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताइन ।

    उनले भनिन, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरुले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend