logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

    चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

    1.1K
    Shares
    चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

    काठमाडौं । चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

    किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ । नेपाली समाजमा सन्तन हुर्काउन बुबाले गरेको संघर्ष, यस चलचित्रमा देख्न सकिन्छ ।

    कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्म गाउँ आएको बाटोमा गाउँमा बाटो आएपछिको समस्या, सम्बन्धमा मनमुटावका कथावस्तुलाई समेटिएको बताए । त्यस्तै गायक राजेशपायल राईले फिल्ममा आफू पनि जोडिन पाउँदा खुशी लागेको बताए ।

    नविन सुब्बाद्वारा निर्देशिक चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राई लगायतको अभिनय रहेको छ । जोस हेरमद्वारा छायांकन भएको चलचित्रको सम्पादक क्वान पुन लुङ हुनुहुन्छ । अमोद राईले निर्माण गर्नुभएको चलचित्रको लेखन नविन सुब्बा र महेश राईको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend