logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अशोक राईको बिद्रोह उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथी धोका : पूर्ण बस्नेत

    अशोक राईको बिद्रोह उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथी धोका : पूर्ण बस्नेत

    1.1K
    Shares
    अशोक राईको बिद्रोह उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथी धोका : पूर्ण बस्नेत

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले गरेको बिद्रोहलाई उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथीको धोका भएको बताएका छन् ।

    बस्नेतले सोमबार पार्टी विभाजनबारे टिप्पणी गर्दै उहाँहरुको कदमले देश, जनता, आन्दोलन र अभियान कस्लाई सहयोग पुग्यो भनेर प्रश्न समेत गरेका छन् ।

    बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवको कार्यशैलीको कारण पार्टी फुट्यो भनेर लोकरिझ्याइँ गरेको भरमा तमाम पार्टीका कार्यकर्ता र अभियन्ताहरु भ्रमित हुने अवस्था नरहेको भन्दै असन्तुष्टी र स्वार्थको पोको बोकेर कहिँ नपुगिने बताए ।

    उनले नेपाली राजनीतिमा वैचारिक, सैद्धान्तिक विमतिबिना पार्टी फुटको अवस्थासम्म पुग्नु कुनै नयाँ घटनाक्रम नरहेको टिप्पणी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend