logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

    अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

    1.1K
    Shares
    अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

    काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, (जसपा) नेपाल बाट छुटिई बनेको जनता समाजवादी पार्टी नामक नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।

    अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नामक राजनितिक दललाई राजनितिक दल सम्बन्धि ऐन २०७३ तथा राजनितिक दल सम्बन्धि नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने आज निर्णय गरेको हो ।

    निर्वाचन आयोगले आज जनता समाजवादी पार्टीलाई राजनितिक दल दर्ता प्रमाणपत्र समेत प्रदान गरेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिए । आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित सात जना सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    यसैगरी राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले आइतबार ३० सदस्य कार्यसमिति गठन समेत गरेको छ । आइतबार राईको अध्यक्षतामा काठमाडौँको खुसिबुँमा भएको बैठकले नयाँ दल गठन गरेको थियो । जस अनुसार पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

    यसैगरी रेणु यादवलाई सहअध्यक्ष रहेकी छिन् । नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् । पार्टीको महासचिवमा इस्तियाक राईलाई चयन गरिएको छ ।

    उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुरलाई चयन गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend