logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम हुँदै

    विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम हुँदै

    624
    Shares
    विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम हुँदै

    काठमाडौं । राष्ट्रिय व्यवसायीक पहलले विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्ने भएको छ ।

    राष्ट्रिय व्यवसायी पहलले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ २३ गते काठमाडौंमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम गर्न लागेको जनाएको हो ।

    व्यवसायिक क्षेत्रलाई विपद्को पूर्वतयारी,दिगो रुपमा व्यवसाय सञ्चालन गर्न तथा जोखिम न्युनिकरणमा प्रोत्साहन गर्ने उद्देश्य कार्यक्रमको रहेको व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले बताए । उनले समुदायलाई उत्पादनशिल बनाउन निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको पनि बताए । उनले यस्तो कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने अपेक्षा रहेको बताए ।

    उनले हरेक कुरा सरकारले गरेन भन्दा पनि निजी क्षेत्र कति तयार छ भन्ने विषयमा जान्न जरुरी रहेको बताए। उनले विपद्को समयमा निजी क्षेत्रले आपूर्ति दिनसक्ने, जिम्मेवारी पूरा गर्न सक्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend