logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वामदेवको अनुरोध : मलाई छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

    वामदेवको अनुरोध : मलाई छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

    1.4K
    Shares
    वामदेवको अनुरोध : मलाई छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

    काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् ।

    गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

    सोमवार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरे । गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गरे ।

    त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमाण्डर बनाउनुपर्ने उनको प्रश्ताव थियो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताए ।

    उनले भने, ‘अहिले पनि उहाँले बोलाएको बेलामा जानु पर्दथ्यो, जान सकिन । त्यस्तो फुटने अवस्था सृजना हुनुभन्दा पहिलेनै तपाईले मलाई साथ दिनुपर्दथ्यो भन्नुहुन्छ उहाँले । पहिले नै उहाँलाई साथ दिन हुन्थ्यो । र मैले उहाँलाई भने–मेरो साथ दिने तपाईले कोशिस नै गर्नुभएन । मैले कसरी साथ दिने ? तर यो सबै अनुभवले के हुन्छ भने मैले कमरेडलाई भने–तपाईलाई ढलाउनका निम्ति, तपाईको आलोचना गर्नको निम्ति, तपाईलाई खुट्टा तान्नको निम्ति म तपाईको पार्टीमा आउने होइन ।’

    ‘म तपाईलाई सहयोग गर्न आउने हो । तपाईले जति उपलब्धि हासिल गर्नुभएको छ । त्यो भन्दा बढि उपलब्धि हासिल हुनेगरी म आउँछु । मैले उहाँलाई भने । आगामी २०८४ को निर्वाचनमा हामीले ६० लाख मत प्राप्त गर्नेगरी योजना बनाऔं । र त्यो योजना चाहीँ देखाउँ । मैले त्यसबेला भनेको थिए । ८ महिना, नौ महिना पहिले नै उहाँलाई मैले त्यो भनेको थिएँ’ उनले भने ।

    गौतमले भने, ‘मलाई कमाण्डर बनाउनु भयो भने फेरि त्यस्तै हुन्छ कि ? धेरै समर्थक आए भने फेरि पार्टी फुटाइदिने हो कि भन्ने डर लाग्छ भने मसँगै अरु कोही कसैलाई राखिदिनुस् जहाँ गएपनि, जे गरेपनि । मैले भने । मैले २ लाख मानिसहरुको बीचमा पनि सम्बोधन गरेको छु । लाख व्यक्तिको बीचमा पनि सम्बोधन गरेको छु । ५० हजारको बीचमा पनि सम्बोधन गरेको छु । ५० हजार मासमा त मैले ए कामरेडहरु उठनुस् है एक पटक उठेर लालसलाम गर्नुस् भन्दा सबैले उठेर लालसलाम गरेका छन् ।

    वामदेव गौतम त्यसै वामदेव गौतम भएको छैन । यो मान्छेलाई नमर्दासम्म प्रयोग गर्नुस्न हो तपाईहरुले । मैले भनेको थिए । अव यो के गर्नु हुन्छ हेर्र्दै जाउ । नमर्दासम्म मैले काम गरिरहन पर्छ । मरेपछि त्यो हसिँया हतौडाको झण्डा ओढेर मर्न पाउनुपर्छ । यति हो मेरो अरु केही पनि छैन । र म यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु । सुनिदिनु भयो । विचार गर्नुहोला । मन्थन गर्नुहोला । र आफ्नो अध्यक्षलाई, नेतालाई, कमरेड केपी ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउँ भन्नुहोला ।’

    गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको पनि पटकपटक दोहार्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend