logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन

    करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन

    819
    Shares
    करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने जनाएका छन् ।

    लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहस कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रुपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले विदेश जानेको सङ्ख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताए । विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बतादै उनले सूचना प्रविधिका क्षेत्रमा यस्को राम्रो उदाहरण देखिएको उल्लेख गरे ।
    उनले आगामी बजेटमा जनतामा आशा जगाउने र युवालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

    बहसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाललगायत सहभागी थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend