logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन् : ओली

    अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन् : ओली

    1.3K
    Shares
    अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन् : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको टिप्पणी गरेका छन् ।

    सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पारे । त्यागको अवमूल्यन र अपमान गर्ने भुई फुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भएपनि धेरै टिक्न नसक्ने बताए ।

    उनले त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरुको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराए ।

    अध्यक्ष ओलीले भने, ‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ । हाहा हुहु गरेको भरमा मन्त्री पनि ताल पर्दा बहुमत कसैको पनि छैन । यसलाई मिलाउ, त्यसलाई मिलाउ भन्दा को मन्त्री पर्छ, को पर्दैन ? यस्तो बेलामा यी त्यागका, कठिनाईका दिनहरुको नयाँ पुस्तासम्म कसले पुर्याउने । अहिले त फेरी एउटा प्रवृत्ति चलेको छ । पुरानो त्यागको अवमूल्यन मात्रै होइन, त्यसलाई अपमान गर्ने एउटा भुई फुटटा भएका छन ।’

    ‘मन्दिर भत्काउन खोज्ने, त्याग, बलिदानहरुको अपमान गर्न खोज्ने, योगदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, त्यसको केही अर्थ थियो परिवर्तनमा भन्ने कुरा बिर्सिन खोज्ने त्यो प्रवृत्ति । यद्यपि त्यस्तो प्रवृत्ति क्षणिक हो । आन्दोलनमा, देशमा विभिन्न प्रकारका प्रवृत्तिहरु प्रकट भईरहन्छन । समय समयमा विभिन्न प्रवृत्तिहरु प्रकट हुन्छन् । हाम्रो पनि प्रकट भएका छन विभिन्न समयमा विभिन्न प्रवृत्तिहरु । हामी विभिन्न खालको आवधिक हावाहुरीले ल्याउने प्रवृत्तिहरु, असन्तुष्टिले जन्माउने प्रवृत्तिहरु यस्ताबाट प्रभावित नभईकन आफ्ना महान उद्देश्यतर्फ, गन्तव्यतर्फ दृढताका साथ अविचलित ढंगले र सक्रियतापूर्वक अगाडि बढछौं’ उनले भने ।

    अध्यक्ष ओलीले भने, ‘हाम्रो तरिका त्यो हो । हाम्रो शैली त्यो हो, हाम्रो बाटो त्यो हो । यस कुरामा निम्ति हावाहुरीका सृजना गरेका अस्थायी विभिन्न किसिमका झट्काहरु या आवधिक अस्थायी प्रवृत्तिहरु, जो जिम्मेवार छैन । जो एकलकाटे छ । त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न र ईतिहासविना छोटै अवधि छ स्थापना भएको भने पनि त्यसको एउटा इतिहास बनिसकेको हुन्छ । ’

    अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रुपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend