logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • खर जोगाउने क्रममा आगोले जलेर आमाछोराको मृत्यु

    खर जोगाउने क्रममा आगोले जलेर आमाछोराको मृत्यु

    1.1K
    Shares
    खर जोगाउने क्रममा आगोले जलेर आमाछोराको मृत्यु

    ओखलढुंगा । आगोले जलेर सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ ।

    आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

    बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए ।

    घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि देखि स्थानीय जंगलमा डढेलो लागेको थियो ।

    अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend