logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सत्ता गठबन्धनबाट बाहिरिन अध्यक्ष माधव नेपाललाई दबाब

    सत्ता गठबन्धनबाट बाहिरिन अध्यक्ष माधव नेपाललाई दबाब

    5.1K
    Shares
    सत्ता गठबन्धनबाट बाहिरिन अध्यक्ष माधव नेपाललाई दबाब

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सत्ता गठबन्धनबाट बाहिरिनु पर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाललाई दबाब दिएका छन् ।

    आज संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले पार्टी हितका लागि भएपनि सत्ता गठबन्धनबाट बाहिरिनु पर्ने भन्दै पार्टी अध्यक्ष नेपाललाई दबाब दिएका बताइएको छ ।

    बैठकमा सहभागि नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य एवं सुदूरपश्चिम सह इन्चार्ज तथा सांसद प्रेमबहादुर आलेले सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्थाप्रति संकेत गर्दै लतारिएर गठबन्धनमा बस्न नहुने धारणा राखेका थिए ।

    यसैगरी सो पार्टीका उपाध्यक्ष  राजेन्द्र पाण्डेले अहिलेको सत्ता गठबन्धनमा एक मिनेट पनि बस्न नहुने धारणा राखेका थिए । सांसद मेटमणी चौधरीले प्रेम आले र राजेन्द्र पाण्डेको भनाइमा समर्थन जनाएका थिए । उक्त बैठकमा केही सांसदले भने यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

    एकीकृत समाजवादीका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १८ जना सांसद आजको बैठकमा सहभागि रहेका थिए । बैठकमा पार्टीका सबै सांसदलाई धारणा राख्न समय दिइएको थियो ।

    सबै सांसदहरुले राखेका धारणा सुनेपछि अध्यक्ष नेपालले पनि सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नभएको निष्कर्ष सुनाएका एक जना सांसदले सुनौलो नेपाललाई बताए ।

    उनका अनुसार अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र विश्वासिलो व्यवहार नभएको तथा सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर धकेलिरहेका एवं राष्ट्रिय सभाको उपाध्यक्ष पनि नदिएको भन्दै सुनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend