logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रास्वपा संसदीय दलको बैठक आज, यी हुन् एजेण्डा

    रास्वपा संसदीय दलको बैठक आज, यी हुन् एजेण्डा

    702
    Shares
    रास्वपा संसदीय दलको बैठक आज, यी हुन् एजेण्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान गरिएको हो ।

    २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको हो । त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ।

    संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पनि समीक्षा हुने बताइएको छ। यस्तै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिका सम्बन्धमा पनि छलफल हुनेछ।

    यसबाहेक सरकारमा सहभागी मन्त्रीहरूको कामको पनि समीक्षा हुने रास्वपाले बताएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend