logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई, तीन ट्याक्टर फोहर सङ्कलन

    बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई, तीन ट्याक्टर फोहर सङ्कलन

    728
    Shares
    बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई, तीन ट्याक्टर फोहर सङ्कलन

    चितवन । बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

    प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ ।

    लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए ।

    उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

    लजले यस खालको सरसफाइ हरेक बर्ष गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

    रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको ९आउटस्ट्याण्डिङ प्राक्टिस० बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ ।

    हालै ‘आइएसओ-१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।

    चितवन मेघौलीमा रापती नदी किनारमा रहेको लज जंगल थीममा बनेको छ ।

    १२ हेक्टर भूभागमा विस्तार भएको यस लज परिसरमै बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा गैडा, बाघ,भालु, गोहि लगायत विभिन्न प्रजातीका जरायो र पंछीहरु रमाएको दृश्यावलोकन गर्न सकिन्छ ।

    सन् २०१३ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ । यहाँ पुग्ने जोकोहीलाई त्यहाँको दृश्य तथा बोटविरुवाको छहरीले ताजा बनाइदिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend