logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चट्याङ लागेर अछाममा बालकको मृत्यु, डडेल्धुरामा एकै परिवारका तीन घाइते

    चट्याङ लागेर अछाममा बालकको मृत्यु, डडेल्धुरामा एकै परिवारका तीन घाइते

    871
    Shares
    चट्याङ लागेर अछाममा बालकको मृत्यु, डडेल्धुरामा एकै परिवारका तीन घाइते

    अछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको हो ।

    सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

    यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् । घर पूर्ण रूपमा नष्ट भएको छ ।

    सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

    स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend