logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शंकर ग्रुप र मुकुन्दबीच हिमालयन रि-को सेयर विवाद अदालतमा जाँदै, सुलभले २८ करोड लोभ किन गरे ?

    शंकर ग्रुप र मुकुन्दबीच हिमालयन रि-को सेयर विवाद अदालतमा जाँदै, सुलभले २८ करोड लोभ किन गरे ?

    3.9K
    Shares
    शंकर ग्रुप र मुकुन्दबीच हिमालयन रि-को सेयर विवाद अदालतमा जाँदै, सुलभले २८ करोड लोभ किन गरे ?

    काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर किनबेचको विषयमा प्रतिष्ठित दुई व्यवसायिक घरनाहरुबीच विवाद अब अदालतसम्म पुग्ने भएको छ ।

    संस्थापक लगानीकर्ता शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले सहमतिविनै हिमालयन हिमालयन रि–इन्स्योरेन्सको सेयरको बढी मूल्य लिएको आरोप अर्का व्यवसायी मुकुन्द तिमिल्सिनाले लगाएका छन् ।

    लेनदेन विवाद नमिलेमा व्यवसायी तिमल्सिना शंकर ग्रुपका शुलभ अग्रवाल र उनकी श्रीमति सुभी अग्रवालका विरुद्ध कानुनी उपचारका लागि अदालत जाने तयारीमा छन् ।

    दुई व्यवसायिक घरनाबीचको लेनदेन विवाद अहिले कर्पोरेट क्षेत्रका सार्वजनिक कार्यक्रममा चर्चा हुन थालेको छ । तिमिल्सिनाले सम्राट सिमेन्टको सेयर बेचेर सुर्खेतमा साढे १४ अर्ब रुपैयाँ लगानीमा सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनको तयारीमा छन् ।

    यस्तो छ लेनदेन विवाद

    हिमालयन रिको प्रतिकित्ता १ सय रुपैयाँमा सेयर दिन सहमति भएकोमा पछि शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ७ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८ सय रुपैयाँ मूल्य कायम गरी २८ करोड रुपैयाँ बढी लिएको जिकिर तिमिल्सिनाको छ ।

    पटकपटक छलफल हुँदा पनि बढी रकम भुक्तानी दिन नमानेको भन्दै ति व्यवसायी कानुनी उपचारका लागि अदालत जाने तयारीमा रहेको उनले सुनौलो नेपाललाई बताए ।

    कामाख्या फिनकर्पले लिन कबुल गरेको हिमालयन रिको ९ लाख कित्ता संस्थापक सेयर मध्ये २ लाख २५ हजार कित्ता सेयर जफत गरी बाँकी ६ लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता ८ सय रुपैयामा बेचेको आरोप मुकुन्दको छ ।

    जफत गरिएको भनिएको सेयर सुभी अग्रवाललगायत अर्का व्यवसायिक घरनाले लिने सहमति भएको थियो । तर, सुभीले आफ्नो नाममा रहेको सेयर बढी मूल्य लिएर ति व्यवसायिक घरनालाई २०७८ असार १६ गते बढी मूल्यमा बिक्री गरेको खुलेको छ ।

    प्रथम वार्षिक साधारणसभा नभएसम्म संस्थापकले सेयर बिक्री गर्न नपाउने प्रावधानलाई छल्न सेयर जफत गर्ने सुभी अग्रवाल मात्र बसेर हिमालयन रि-इन्स्योरेन्सको सेयर छाड्ने र विना आधार हिमालयन रिको सेयरमा ७ सय रुपैयाँ प्रिमियम थपेर सुलभ अग्रवालले प्रतिकित्ता ८ सय रुपैयाँमा बिक्री गरेको आरोप लगाइएको छ । लिन कबुल गरेको सेयर रकम दाखिला नगर्ने भनी जानकारी गराइ संस्थापकले लिन कबुल गरेको सेयर जफत भएको छ ।

    हिमालयन रिमा सेयर लगानी गरेको कामाख्य फिनकर्पको प्रवन्धपत्र नियमावली संशोधन हुनुपर्नेमा सो नभएको पाइएको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएको छ । कम्पनीको प्रवन्धपत्र नियमावली संशोधन नहुँदै कम्पनीको एकल अध्यक्ष तथा सञ्चालक भनी वैठक बसेर निर्णय गरेको आरोप सुभी अग्रवालमाथि लागेको छ ।

    सुलभले ठगी गरेको मुकुन्दको आरोप

    सुलभले आफूसँग प्रतिबद्धता जनाए बमोजिम हिमालयन रि-इन्स्योरेन्सको सेयर पनि नदिएको र ठूलो पैसा ठगी गरेको आरोप तिमिल्सनाले लगाउँदै आएका छन् । आफूले प्रतिबद्धता बमोजिम सेयर नपाएपछि सुलभलाई यो विषयमा पटक पटक भन्दा मिलाउने कुरा गरेका सुलभले पछि फोन उठाउन छाडेको जिकिर तिमिल्सिनाको छ ।

    यस्तै २०७८ जेठ २५ गते सुभी अग्रवालको उपस्थिती भइ बसेको बैठकले हिमालयन रि-इन्स्योरेन्सको कामाख्याले लिन कबुल गरेको ९ लाख कित्ता मध्ये २ लाख २५ हजार कित्ताको हक छाडी ६ लाख ७५ हजार कित्ता मात्र लिने निर्णय अवैधानिक भएको जिकिर मुकुन्दको छ । सुभीले आफ्नो नाममा रहेको सबै सेयर प्रिमियम मूल्य राखेर २०७८ असार १६ गते दुई व्यवसायीलाई प्रतिकित्ता ८ सय रुपैयाँमा बिक्री गरेको भनिएको छ ।

    प्रिमियम मूल्यमा सेयर बेचेपछि २०७८ असार १७ गते विशेष साधारणसभाबाट नियमावली संशोधन गरी एकल कामाख्या फिनकर्प बहुल सेयरधनीमा परिणत भएको र सोको स्वीकृति तथा अभिलेख २०७८ भदौ १३ गते मात्र भएको छ । एकल सेयरधनी कायम रहेको कम्पनीमा बहुल सेयरधनी कायम भएपछि कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत अभिलेख नहुँदै गरेको काम कारबाहीको कानुनी वैधतामा प्रश्न उठेको छ ।

    सुनौलो नेपालले ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई सम्पर्क गर्दा उनले यस विषयमा जानकारी नभएको भन्दै पन्छिएका छन् ।

    प्रज्ञात तिमिल्सिनामार्फत सुलभलाई ३५ करोड भुक्तानी

    नेपाल बीमा प्राधिकरणले २०७८ जेठ २३ गते हिमालयन रि-इन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनको अनुमति दिएको हो । हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छाडेर ७ अर्ब रुपैयाँ पुँजी जुटाउने जिम्मा शंकर ग्रुपका सुलभले लिएका थिए ।

    तिमिल्सिनाले विभिन्न मितिमा आफ्नो र छोरा प्रज्ञात तिमिल्सिनाको बैंक खाताबाट शुलभकी श्रीमती सुभी अग्रवाललाई ३४ करोड ८० लाख रुपैयाँ दिएका थिए ।

    एक महिनाभन्दा कम समयको अन्तरालमा सातवटा चेकमार्फत ३४ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेपछि तिमिल्सिनाले कामाख्या फिनकोर्प नामको एउटा कम्पनी प्राप्त गरेका थिए । जुन कम्पनीसँग हिमालयन रिको ६ लाख ७५ हजार कित्ता सेयर छ । यसको लागत ६ करोड ७५ लाख रुपैयाँ मात्र हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend