logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • टर्कीका राष्ट्रपतिद्वारा गाजा युद्धविराम प्रस्तावमा हमासको स्वीकृतिको स्वागत

    टर्कीका राष्ट्रपतिद्वारा गाजा युद्धविराम प्रस्तावमा हमासको स्वीकृतिको स्वागत

    1.1K
    Shares
    टर्कीका राष्ट्रपतिद्वारा गाजा युद्धविराम प्रस्तावमा हमासको स्वीकृतिको स्वागत

    काठमाडाै‌ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हमासले गाजा पट्टीमा युद्धविरामको प्रस्ताव स्वीकार गरेकोमा स्वागत गरेका छन् ।

    राजधानी अंकारामा मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एर्दोगानले हामासले आफूहरुको सुझावलाई पछ्याउँदै युद्धविराम (प्रस्ताव) स्वीकार गरेकोमा हामी खुशी लागेको बताए । अब इजरायलले पनि त्यस्तै कदम चाल्नुपर्ने बताए ।

    उनले सबै पश्चिमी देशहरुलाई इजरायली प्रशासनलाई युद्धविरामको दबाब दिन आह्वान गरे । गाजा युद्धविरामको प्रस्तावलाई आन्दोलनले स्वीकार गरेपछि एर्दोगानले हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाहसँग फोन वार्ता गरेका थिए ।

    हानिएहले गाजा युद्धविरामको मध्यस्थता गर्ने इजिप्ट र कतारी पक्षहरूलाई आफ्नो आन्दोलनले गाजामा युद्धविरामको प्रस्तावलाई अनुमोदन गरेको बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend