logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • दैलेख बजारको भीषण आगलागी नियन्त्रणमा, दुई पसलमा पूर्ण रुपमा क्षती

    दैलेख बजारको भीषण आगलागी नियन्त्रणमा, दुई पसलमा पूर्ण रुपमा क्षती

    1.1K
    Shares
    दैलेख बजारको भीषण आगलागी नियन्त्रणमा, दुई पसलमा पूर्ण रुपमा क्षती

    काठमाडौँ । दैलेख बजारमा आज भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

    नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट भएको उक्त आगलागि अहिले करिब करिब नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनिल दाहालले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनले भने, “आगलागिबाट एउटा फेन्सी पसल र मोटरसाइकल ग्यारेज पूर्ण रुपमा क्षती भएको छ, क्षतीको विवरण संकलन हुँदैछ ।”

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । आगलागिको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend