logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार

    काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार

    2.2K
    Shares
    काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने कुरामा सकारात्मक देखिएको बताएका छन् ।

    मंगलवार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।

    उनले नेपाली काँग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताए । उनले कुनैपनि हिसावमा समिति बनाउन जरुरी नरहेको पार्टीको निस्कर्ष रहेको पनि बताए । उनले व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसंगत नरहेको जिकिर गरे ।

    उनले भने, ‘अब संसदमा उपप्रधान तथा गृहमन्त्रीले बोल्ने कुरामा नेपाली काँग्रेसले सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा नेपाली काँग्रेस पुगेको छ । कुनै व्यक्तिलाई निषेध गर्नु हुँदैन । समितिको कुरा आज पनि हामीले छलफल गर्दा कुनैपनि हिसावमा समिति बनाउन जरुरी छैन भन्नेमा हामी छाँै । सरकारले प्रश्न उठेपछि सम्बोधन गर्नुपर्छ । गृहमन्त्रीज्युले सम्बोधन गर्नुहुनेछ । व्यक्ति केन्द्रित भएर समितिको माग तर्कसंगत छैन भन्नेकुरा काँग्रेसले बुझेको छ ।’

    उनले आगामी संसदको बैठकमा गृहमन्त्रीले उक्ता विषयमा आफ्ना धारणा राख्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend