logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसद आलेद्धारा उरै ताक्लाकोट सडकका लागि १ अर्ब बजेट माग

    सांसद आलेद्धारा उरै ताक्लाकोट सडकका लागि १ अर्ब बजेट माग

    2.6K
    Shares
    सांसद आलेद्धारा उरै ताक्लाकोट सडकका लागि १ अर्ब बजेट माग

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्यूरो सदस्य एवं सुदूरपश्चिमका सह इन्चार्ज तथा सांसद प्रेमबहादुर आलेसहितको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

    उक्त भेटका अवसरमा सांसद आलेले प्रधानमन्त्री ‘प्रचण्ड’ सँग सुदूरपश्चिमको खुटियाँ, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकका लागि आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट बिनियोजन गर्नका लागि माग गरेका छन् ।

    उक्त सडक सुदूरपश्चिमको विकासको मेरुदण्ड भएकाले आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ सँग आग्रह गरिएको सांसद आलेले बताए ।

    उनले भने, “खुटियाँ, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकलाई निर्माण गर्न सके त्यहाँ थुप्रै पर्यटक भित्रयाउन सहज हुने र सुदूरपश्चिमको विकासले मुहार फेर्ने छ, आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट बिनियोजन गर्न माग गरेका छौँ, प्रधानमन्त्री ज्यू पनि सकारात्मक हुनु हुन्छ ।”

    उक्त सडक निर्माण गर्न सके सुदूरपश्चिमका जनताले उत्पादन गरेका बस्तु भाउँहरुले पनि बजार पाउने तथा त्यहाँका जनताको आयस्तरमा समेत बृद्धि हुने भन्दै आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट विनियोजन गराउन आफ्नो पहिलो प्रथामिक्ता रहेको सांसद आलेले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend