शनिबार, बैशाख १३ २०८२

शनिबार, बैशाख १३ २०८२

चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक

चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सबै कलाकारहरुले मेहनत गर्नुपर्ने बताए । पात्रमा मेहनत गरेमात्रै भिज्न सकिने भएकाले सबैले मेहनत गर्न आवश्यक रहेको र मेहनत गर्नेको भविष्य नै उज्ज्वल रहेको बताए ।

अभिनतो प्रदीप खड्काले आगोको धर्म ताता दिने, पानीको धर्म प्यास मेटाउने भनेजस्तै मानवको धर्म मानवता भएको बताए । उनले जात भनेको पनि काम विभाजनका लागि भएको हनुसक्ने र कालान्तरमा पनि उचनिचको रुपमा विभाजित भएको बताए ।

चलचित्रमा जातीय विभेदको मुद्दालाई उठाइएको छ । फिल्मको कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुमेको ट्रेलरबाट स्पष्ट हुन्छ । कास्कीकोट गाउँमा खिचिएको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ । चलचित्र जेठ १० गतेबाट प्रदर्शन हुँदैछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend