logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोल्छाको हुलास अटोक्राफ्टले ८ महिनामा गर्यो सवा ३ अर्बको बजाज मोटरसाइकल ‘एसम्बल’

    गोल्छाको हुलास अटोक्राफ्टले ८ महिनामा गर्यो सवा ३ अर्बको बजाज मोटरसाइकल ‘एसम्बल’

    1.7K
    Shares
    गोल्छाको हुलास अटोक्राफ्टले ८ महिनामा गर्यो सवा ३ अर्बको बजाज मोटरसाइकल ‘एसम्बल’

    काठमाडौं । गोल्छा ग्रुप अन्र्तगतको एम्बल प्लान्ट हुलास अटोक्राफ्टले ८ महिनामा ३ अर्ब २३ करोड १० लाख रुपैयाँको बजाज मोटरसाइकलको एसम्बल गरेको छ । हुलास अटोक्रफ्टले बजाजका दुई पाँग्रे र तीन पाँग्रे मोटरसाइकलको एसम्बल गर्दै आएको छ ।

    ८ महिनामा ७९ प्रतिशत आम्दानी पल्सर बाइक बिक्रीबाट भएको हुलास अटोक्राफ्टल जनाएको छ । यस्तै स्कुटर सेग्मेन्टको बजार विस्तार भइरहेको कम्पनीले जनाएको छ ।

    एक वर्षमा हुलास अटोक्राफ्टले ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँको बजाज बाइक एसम्बल गरेर बिक्री गरेको थियो । यस्तै २०२२ मा १० अर्ब ७४ करोड ६० लाख र २०२१ मा १२ अर्ब ७१ करोड १० लाख रुपैयाँको बजाज मोटरसाइकलको व्यापार गरेको थियो । पछिल्लो समयमा कम्पनीको बजाज मोटरसाइकलको व्यापार घट्दै गएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    गत वर्षको तुलनामा यो वर्ष कम्पनीको आम्दानीमा १० प्रतिशत कमजोर देखिएको छ । अघिल्लो वर्ष बजाज बाइकको व्यापार ४८ प्रतिशत घटेको थियो ।

    हुलास अटोक्राफ्टले दुई पाँग्रे र तीन पाँग्रे बजाज बाइकको एसम्बल गरेर सहायक कम्पनी हंसराज हुलासचन्द एन्ड कम्पनीलाई बिक्री गर्दै आएको छ ।

    कम्पनीले नेपालमा दुई पाँग्रे बजाज मोटरसाइकलको एसम्बल सन् २०१८ र तीन पाँग्रेको २०१९ देखि थालेको हो । कम्पनीको एसम्बल युनिट नबलपरासीको रामनगरमा छ । बजाज मोटरसाइकलले नेपालमा होन्डा र यमाहाका साथै पछिल्लो समयमा बढिरहेको टिभिएस ब्राण्डसँग कडा प्रतिस्पर्धा गर्नुपरेको छ ।

    टिभिएसले पनि नेपालमा एसम्बल सुरु गरिसकेको छ । यस्तै अन्य ब्राण्डले पनि नेपालमा एसम्बलको काम थाल्ने तयार गरेको छ । हालसालै हिरो मोटरसाइकल पनि नेपालमा एसम्ब हुन थालेको छ ।

    कम्पनीमा शेखर गोल्छाको ८० र आकास गोल्छाको २० प्रतिशत स्वामित्व रहेको छ । शेखर कम्पनीको एकल निर्देशक हुन् । कम्पनीले २ अर्ब ४८ करोड ९० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    यता हंसराज हुलासचन्द एन्ड कम्पनीले ८ महिनामा ७ अर्ब २० करोड ८० लाख रुपैयाँको बजाज मोटरसाइकलको व्यापार गरेको छ । कम्पनीले हुलास अटोक्राफ्टबाट बाइक किनेर बेच्दै आएको छ । यस्तै हंसराज हुलासचन्दले बजाजको दुई पाँग्रे र तीन पाँग्रेका साथै सर्वो मोबिलको डिलर हो ।

    एक वर्षमा हंसराज हुलासचन्दले १० अर्ब ७६ करोड ३० लाख रुपैयाँको बजाज मोटरसाइकल र मोबिलको व्यापार गरेको थियो । २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख, २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख, २०२० मा १६ अर्ब ७१ करोड २० लाखको बजाज मोटरसाइकल र मोबिलको व्यापार गरेको थियो । कम्पनीका राजधानीमा दुई शोरुमका साथै मुलुकभर ३ सय १ डिलर रहेका छन् ।

    हंसराज हुलासचन्द सबैभन्दा बढी स्वामित्व शेखरको छ । शेखरको ५३.८ प्रतिशत छ । बाँकी अन्य परिवारको सदस्यको छ । कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend