logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ : नेकपा (एकीकृत समाजवादी)

    सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ : नेकपा (एकीकृत समाजवादी)

    715
    Shares
    सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ : नेकपा (एकीकृत समाजवादी)

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलवार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

    पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताए । उनले भने, ‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौँ । आज हामी सरकारमा छौं । सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ ।

    कतिपय व्यक्तिहरुले, संस्थाहरुले सार्वजनिक ठाउँमा जे चर्चा गरिएको छ । सरकारबारे पार्टीले अन्यथा निर्णय गरेको छैन । र, आगामी दिनमा निकट भविष्यमा सरकारको नीति तथा कार्यक्रम आउँदै र बजेटको तयारी अन्तिम अवस्थामा पुगेकाले पार्टी र पार्टीको संसदीय दललाई नीति, कार्यक्रममा, बजेटमा, यसको निर्माण प्रक्रियामा र संसदमा प्रभावकारी भुमिका खेल्नका निम्ति निर्देशन दिन्छ भनेर पार्टीले निर्णय गरेको उनले बताए ।

    उनले भने, ‘पार्टीले अर्को निर्णय गरेको छ–महाधिवेशनको तयारीको काम अत्यन्त तीब्र गतिमा भइरहेको छ । यो तयारीसँग जोडिएका आवश्यक कामहरु प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति सम्पूर्ण कमिटीहरुलाई पुनः पार्टीले आह्वान गरेको छ । यीनै विषयलाई केन्द्रमा राखेर आज हामीले निर्णय गरेका छौँ । पाटीमा आज जति सवाल उठेको छ ।

    यी सबै विषयहरुमा छलफल गरेका छौँ । र पार्टी एक ढिक्का छ । यहाँ कुनै वैमष्यता छैन । सम्पूर्ण नेताहरु, सम्पूर्ण कार्यकर्ताहरु पार्टीको महाधिवेशन सम्पन्न गर्न तोकिएका जिम्मेवारीहरुमा देशव्यापी रुपमा लागिरहनु भएको छ । त्यसमा कुनै समस्या छैन भन्ने कुरामा पाटी प्रष्ट छ ।’

    बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टी भित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको नेकपा एसले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend