logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जुनसुकै अवस्थामा प्रेस स्वतन्त्रताका पक्षमा उभिन्छौँ : अध्यक्ष पोखरेल

    जुनसुकै अवस्थामा प्रेस स्वतन्त्रताका पक्षमा उभिन्छौँ : अध्यक्ष पोखरेल

    520
    Shares
    जुनसुकै अवस्थामा प्रेस स्वतन्त्रताका पक्षमा उभिन्छौँ : अध्यक्ष पोखरेल

    काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारहरुको हकहित र प्रेस स्वतन्त्रता रक्षाका लागि नेपाल पत्रकार महासंघ सधै तयार रहेको बताएका छन् ।

    आज काठमाडौँमा संवाद डबलीले आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र हाम्रो भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताका पक्षमा पत्रकार महासङ्घ जुनसुकै परिस्थितिमा पनि उभिने बताए । उनले भने, “संसारमा सबैभन्दा बढी सहादत केका लागि प्राप्त गरेका छन् भने स्वतन्त्रताका लागि गरेका छन्, प्रेस स्वतन्त्रताका पक्षका हामी जुनसुकै परिस्थितिमा पनि उभिन्छौँ ।”

    यसैगरी उनले स्वतन्त्रताको संरक्षण गर्ने सन्दर्भमा अदालतपनि सँगै होस् भन्ने चाहना भएको बताए । उनले भने, “हामीलाई संसद्, सरकारले झस्काउँदै आएको थियो, हामीले सरकारले केही गरेपनि न्यायालय छ भन्दै ढुक्क थियौँ अब अदालतले पनि झस्काउँछ की भन्ने भान भएको छ ।”

    सोही कार्यक्रमका वक्ता एवं नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पछिल्लो समय नेपाली पत्रकारिता तथा प्रेस स्वतन्त्रतामाथि विभिन्न बाहनामा आक्रमणको प्रयास भइरहेकाले त्यसका विरुद्ध सम्पूर्ण पत्रकार एकजुट हुनुपर्ने बताए । उनले सत्य र सही सूचनाका आधारमा समाचार लेख्न पत्रकारहरुले डराउन नपर्ने धारणा राखे ।

    प्राध्यापक चिरञ्जीवी खनालले पत्रकार समाजका ऐना भएकाले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने बाहनामा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण निन्दनीय भएको बताए ।

    अधिकांश वक्ताहरुले प्रेस स्वतन्त्रताका पक्षमा सबैले एकजुट हुनुपर्ने धारणा राखेका थिए । पछिल्लो समयमा न्यायालयबाट प्रेस स्वतन्त्रामाथि गरेको कदमको सन्दर्भलाई लिएर अन्तरक्रिया आयोजना गरिएको थियो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend