logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मलाई ८ वर्ष सजायले पुग्दैन, दोषी रहेछु भने फासीमा झुण्डाईयोस : सन्दीप लामिछाने

    मलाई ८ वर्ष सजायले पुग्दैन, दोषी रहेछु भने फासीमा झुण्डाईयोस : सन्दीप लामिछाने

    1.6K
    Shares
    मलाई ८ वर्ष सजायले पुग्दैन, दोषी रहेछु भने फासीमा झुण्डाईयोस : सन्दीप लामिछाने

    काठमाडौँ । नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफुलाई लगाइएको बलात्कार मुद्दामा दोषी रहेको पाईएमा ८ वर्ष सजाय कमी हुने र फासीमा झुण्डयाउँदा पनि हुने बताएका छन् ।

    उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको उल्लेख गरेका छन् । सन्दीपले जिल्ला अदालत काठमाडौँले गरेको फैसलामा गम्भीर त्रुटि रहेको दाबी समेत गरेका छन् । सामाजिक सञ्जालमा उनले लेका छन्, “मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें।

    कानूनी व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ ।” उक्त बलात्कारको घटना घटेको नभई घटाइएको सन्दीपले उल्लेख गरेका छन् । “म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईहरुको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ ।

    फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।” उनले सामाजिक सञ्जालमा लेखेका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई दोषी ठहर गरी ८ वर्ष जेल सजाय तोकि सकेको छ । अहिले उनको मुद्दा पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।

    यस्तो छ सामाजिक सञ्जालमा लेखिएको सन्दीपको स्टाटस : धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे । मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें ।

    कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ । तर मैले कति सहनु ? म न्याय माग्दा माग्दा सिथिल भई सके । सामाजिक संस्था र सामाजिक सञ्जालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदिहरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका ।

    ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरुलाई मेरो यो खुल्ला चुनौती हो उहाँहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन ।

    तपाईहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईहरुका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथी ।

    ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पीडितहरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन । मैले एती लेखिरहदा अब केहिले मलाई पीडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान ।

    तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला । म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ, जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ ।

    यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाकि छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु ।

    अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु । फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस् ।

    यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्षले पुग्दैन फासी नै सही हुनेछ । म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस् बिन्ती छ ।🙏
    सन्दिप लामिछाने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend