logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचन आयोगले अवैधानिक रुपमा पार्टी विभाजन गराउने काम गर्यो : अध्यक्ष यादव

    निर्वाचन आयोगले अवैधानिक रुपमा पार्टी विभाजन गराउने काम गर्यो : अध्यक्ष यादव

    884
    Shares
    निर्वाचन आयोगले अवैधानिक रुपमा पार्टी विभाजन गराउने काम गर्यो : अध्यक्ष यादव

    काठमाडौँ ।  जनता समाजावादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रुपमा पार्टी विभाजन गराउने काम गरेको आरोप लगाएका छन् ।

    सो पार्टीले आज केन्द्रीय कार्यालय बालकुमारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यावदले निर्वाचन आयोगले अवैधानिक रुपमा पार्टी विभाजन गराउने काम गरेकाले त्यसका लागि कानुनी उपचार खोज्ने बताए ।

    उनले भने, “निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको हो, इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएकाले यसका विरुद्धमा अदालतमा जान्छौँ ।”

    आफ्नो पार्टीबाट अलग भएका नेताहरुले पार्टी विभाजन गर्दा कुनै तर्क दिन नसकेको र व्यक्तिको व्यक्तिगत महत्त्वाकांक्षा पुरा गर्न नसकिने बताए । यसैगरी उनले अहिले दर्ता भएको पार्टी असंवैधानिक रहेको जिकिर गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend