काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज वीरअस्पतालमा आफ्नो दाँतको परीक्षण गरेका छन् ।
बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्रीलाई तनाब उत्पन्न भएको बताइएको छ । प्रधानमन्त्रीले अहिले वीर अस्पतालमा दन्त परीक्षण गराएको उनको सचिवालयले जनाएको छ ।
वीरका डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरेको बताइएको छ ।