logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की, नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

    कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की, नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

    1.5K
    Shares
    कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की, नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

    काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै आज बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

    कार्कीले आज बिहान ५२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख खापुङ समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् । कोशी प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि भन्दै शुक्रबारसम्मको समय दिएर बुधबार आह्वान गरेका थिए ।

    यसैगरी प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा आज बिहीबार रिट दायर गरेका छन् । अदालतले के निर्णय दिन्छ त्यो विषय भने हेर्न बाँकी छ ।

    यता मुख्यमन्त्री भएकै दिन हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।

    उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend