logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद्को रोष्टममा गएर बोल्न पाउने भए रास्वपाका सभापति रवि लामिछाने

    संसद्को रोष्टममा गएर बोल्न पाउने भए रास्वपाका सभापति रवि लामिछाने

    3K
    Shares
    संसद्को रोष्टममा गएर बोल्न पाउने भए रास्वपाका सभापति रवि लामिछाने

    काठमाडौँ । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को रोष्टममा गएर बोल्दा कांग्रसले अवरोध नगर्ने भएको छ ।

    लामिछानेलाई संसद्मा बोल्न दिन नेपाली कांग्रेस तयार भएको हो । भोली वैशाख २८ गतेबाट सुरु हुने बजेट अधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूची छ ।

    त्यसबेला रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई बोल्न अवरोध नगर्ने कांग्रेसले बताएको हो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न अवरोध गरेको थियो ।

    गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को धारणा सुनेर चित्त नबुझाएको कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend