logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशी प्रदेश सरकारमा एमाले र माओबादीबाट दुई जना मन्त्री बन्दै

    कोशी प्रदेश सरकारमा एमाले र माओबादीबाट दुई जना मन्त्री बन्दै

    988
    Shares
    कोशी प्रदेश सरकारमा एमाले र माओबादीबाट दुई जना मन्त्री बन्दै

    काठमाडौँ । कोशी प्रदेश सरकारमा पहिलो चरणमा दुई जना मन्त्री बन्ने भएका छन् ।

    पहिलो चरणमा नेकपा (एमाले) का राम राना र नेकपा (माओवादी) केन्द्रका गणेश उप्रेती मन्त्री बन्ने तयारी भएको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदमा बिहीबार एमाले र माओवादी केन्द्रका एक एक जना मन्त्री सहभागी हुने भएका छन् ।

    एमाले संसदीय दलका उपनेता राना यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

    गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले मन्त्रीबाट राजीनामा दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend