logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • यार्सा टिप्‍न जाँदा लेक लागेर एक जनाको मृत्यु

    यार्सा टिप्‍न जाँदा लेक लागेर एक जनाको मृत्यु

    2.8K
    Shares
    यार्सा टिप्‍न जाँदा लेक लागेर एक जनाको मृत्यु

    – सनत हमाल

    मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।

    जुम्ला जिल्ला पातारासी गाउँपालिका–३ का अन्दाजि २५ वर्षीय सुर्ज बहादुर रावतको लेक लागेर मृत्यु भएको हो ।

    उनी यार्सागुम्बा टिप्न जादै गर्दा लेक लागेर बिरामी भई आफन्तले उपचारका लागि पुलु स्वास्थ्य चौकी मुगुमा सामान्य उपचार गराएपछि थप उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा रिउसाबगर भन्ने स्थानमा मृत्यु भयको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) बीरेन्द्र थापाले बताए ।

    यार्सा टिप्‍न जाँदा ‘हाईअल्टिच्युड’ का कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधी उपचार नहुँदा वर्षेनी अकालमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend