logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ५ खर्ब डलर खर्चेर ‘विश्वकै आश्चर्य’ निओम शहर बनाउदै साउदी अरब

    ५ खर्ब डलर खर्चेर ‘विश्वकै आश्चर्य’ निओम शहर बनाउदै साउदी अरब

    819
    Shares
    ५ खर्ब डलर खर्चेर ‘विश्वकै आश्चर्य’ निओम शहर बनाउदै साउदी अरब

    एजेन्सी । दर्जनौँ पश्चिमा कम्पनीहरूले बनाइरहेको एक ‘फ्यूचरिस्टिक’ मरुभूमि सहरका लागि जग्गा खाली गर्ने काममा घातक बल प्रयोग गर्न साउदी अरबका अधिकारीहरूले अनुमति दिएको खुलासा भएको छ।

    कर्नेल रबिह अलेनेजीले ‘द नीअम’ परियोजनाअन्तर्गत ‘द लाइन’ सहर बनाउने क्रममा एक आदिवासी जातिका गाउँलेलाई हटाउनका लागि त्यस्तो बल प्रयोग गर्न आदेश दिइएको बताएको छ।साउदी अरबले विश्वकै सबैभन्दा ठूलो सहर (मेगासिटी) बनाउन थालेको छ।

    आफूहरूलाई हटाउने कदमको विरोध गर्दा एक जना प्रदर्शनकारीलाई गोली हानेर मारिएको थियो। तर, साउदी सरकार र नीअम व्यवस्थापनले यसबारे प्रतिक्रिया दिन मानेनन्।

    ५ खर्ब डलरको नीओम पर्यावरण क्षेत्रु साउदी अरबको ुभिजन–२०३० अन्तर्गतको रणनीतिक योजना हो। यसले यस देशको अर्थतन्त्रलाई तेलबाहेकका क्षेत्रमा विविधीकरण गर्ने उद्देश्य राख्दछ।

    त्यसको प्रमुख परियोजा द लाइनलाई कारमुक्त सहरका रूपमा प्रस्तुत गरिएको छ, जुन २०० मिटर फराकिलो र १७० किलोमिटर लामो छ। यद्यपि, सन् २०३० सम्म २.४ किलोमिटर मात्रै पूरा हुने अपेक्षा गरिएको विवरणहरू आएका छन्।

    केही ब्रिटिश कम्पनीसहित विश्वका दर्जनौँ कम्पनीहरू नीअमको निर्माणमा संलग्न छन्। नीअम निर्माणाधीन क्षेत्रलाई साउदी राजकुमार मोहम्मद बिन सलमानले उत्तम खाली क्यानभास भनेका छन्।

    साउदी सरकारले उक्त परियोजनाका निम्ति छ हजारभन्दा धेरै मानिसलाई स्थानान्तरण गरेको बताए पनि बेलायतस्थित मानवअधिकार समूह एएलक्यूएसटीले भने त्यो आँकडा अझै धेरै हुन सक्ने अनुमान गरेको छ।

    बीबीसीले निर्माणका क्रममा ध्वस्त पारिएका तीन गाउँहरू अल–खुराबा, शर्मा र गयालको भूउपग्रहबाट लिइएका तस्बिरहरूको विश्लेषण गरेको थियो, जसमा घर, विद्यालय र अस्पतालहरू चित्रबाट हराएको देखिन्छ।

    गत वर्ष निर्वासित भएर बेलायत पुगेका कर्नेल अलेनेजीका अनुसार उनलाई द लाइनको ४.५ किलोमिटर दक्षिणमा रहेको अल–खुराबालाई खाली गर्न अह्राइएको थियो। उक्त क्षेत्रमा मुख्यतस् हुवाइतात आदिवासीको बाहुल्य थियो।

    उनका अनुसार सन् २०२० को अप्रिलमा दिइएको निर्देशनमा उक्त समुदायमा ुधेरै विद्रोहीहरूु भएको र ूविरोध जारी राख्नेहरूलाई मारिदिन सकिने भनिएको थियो। उक्त निर्देशनले घर नछाड्नेहरूमाथि घातक बल प्रयोग गर्न सक्ने इजाजत दिएको थियो।ू

    उनले त्यसलाई टार्न खोजे पनि उक्त कार्य अघि बढ्यो। अब्दुल रहिम अल–हुवाइतीले भूमि दर्ता समितिलाई आफ्नो सम्पत्तिको मूल्याङ्कन गर्न दिन अस्वीकार गरेका थिए। त्यसको अर्को दिन जमिन खाली गर्न बनेको संयन्त्रद्वारा उनी मारिए। त्यसअघि उनले जबर्जस्ती बेघर गर्न खोजिएको विषयमा सामाजिकसञ्जालमा कैयौँ भिडियो पोस्ट गरेका थिए।

    साउदी सरकारले जारी गरेको वक्तव्यमा अल–हुवाइतीले सुरक्षा बलमाथि गोली चलाएका कारण जबाफी कारबाही गरिएको बताए पनि संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार सङ्गठनहरूले भने विरोध प्रदर्शनकै कारण उनी मारिएको बताएका छन्।

    बीबीसीले घातक बल प्रयोग गर्न इजाजत दिइएको भन्ने कर्नेल एलेनेजीको भनाइलाई स्वतन्त्र रूपले पुष्टि गर्न सकेन।

    द लाइनुअन्तर्गत झन्डै १० करोड अमेरिकी डलरबराबरको एउटा परियोजनाबाट हात झिकेको एक कम्पनीका मुख्य कार्यकारी अधिकारी पनि परियोजनाको आलोचना गर्छन्।

    साउदी भिजन २०३० अन्तर्गत अर्को योजनाका लागि भनी विस्थापित गरिएका केही मानिसहरूसँग हामीले कुराकानी गर्‍यौँ।

    साउदी अरबको पश्चिमी क्षेत्रमा जेद्दा सेन्ट्रल परियोजनाका लागि पाँच लाखभन्दा बढी मानिस विस्थापित गराइएको बताइएको छ। यस परियोजनाअन्तर्गत नाचघर, खेल क्षेत्र र आवासीय एवं व्यापारिक भवनहरू बन्ने छन्।

    साउदीले उत्तरपश्चिममा विकास गर्न सेट गरिएको निओमले १० हजार २ सय बर्गमाइल क्षेत्र ओगटेको छ। विश्वकै १ सय ७० माइल लामो सहरसहित १० परियोजना समावेश गरिने छ। द लाइन नामको सहरका साथै बन्दरगाह सहर ओक्सागन, स्कि रेस्ट ट्रोजेना र आइल्यान्ड रिसोर्ट सिन्डलाह गरी तीन क्षेत्र घोषणा गरिएको छ।
    लक्जरी गन्तव्य सुशाह टापु सिन्दलाह रिसोर्ट टापुको हिस्सा हुनेछ। यसमा विश्वको सबैभन्दा ठूलो कोरल बगैंचा समावेश हुनेछ।

    निओम साउदी युवराज मोहम्मद बिन सलमानको पहलमा बनेको कम्पनी हो। तेलमा निर्भरता कम गर्न देशको अर्थतन्त्रलाई विविधिकरण गर्न साउदी भिजन २०३० योजनाको एक हिस्सा निओम हो। दे

    निओम वृहत परियोजनामा ९५ हजार मानिसका लागि अस्थायी आवास र सुविधा विकास स्थानीय लगानीकर्ताको समूहबाट २१ अर्ब रियालभन्दा बढी रकम समावेश छ।

    यसैबीच, रियाद बैंकले इटालियन स्टुडियो लुका डिनी डिजाइन एन्ड आर्किटेक्चरले डिजाइन गरेको सिन्दलाहका लागि ३ अर्ब रियाल ऋण उपलब्ध गराएको छ।

    यस्तो हुनेछ निओन मेगासिटी

    निर्माणाधीन मेगासिटीमा उड्ने कार, नक्कली चन्द्रमा र रोबोट कर्मचारी हुनेछन्। सहरको लागत ५ खर्ब डलर हुने अनुमान छ।

    अत्याधुनिक महानगर मिश्र र जोर्डनको सीमानजिक हुनेछ। यसले सन् २०२५ देखि आवास एवं व्यवसाय सुचारु गर्ने लक्ष्य छ। यसको निर्माण ‘शून्य’ बाट हुँदैछ। लन्डनभन्दा करिब १९ गुणा ठूलो हुने निओम सहर सौर्य र वायु ऊर्जाद्वारा सञ्चालित हुनेछ।

    निओमका अध्यक्ष तथा साउदी राजकुमार सलमानका अनुसार निओम भविष्यमा ड्रोन र रोबोटिक्स विकासको मुख्य केन्द्र हुनेछ। विवरणअनुसार अहिलेसम्म साइन्स फिल्ममा मात्रै हेरिँदै आइएका उड्ने ट्याक्सी पनि सहरमा हुनेछन्।

    यो प्रक्रियाका लागि ड्रोन र प्लेनको प्रयोग गरिने छ। साथै, मनोरञ्जनका लागि डाइनोसर रोबोट र मार्सल आर्ट रोबोट पनि बनाइने छ। यी दुई एकापसमा लड्नेछन्।

    साउदीले प्रत्येक रात प्रकाश दिने एउटा विशाल कृत्रिम चन्द्रमा पनि बनाउने छ। साउदीले राजधानी रियाधमा सन् २०१७ मा फ्युचर इनिसिएटिभ सम्मेलनमा निओम निर्माणको घोषणा गरेको थियो।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend